नियम ३०
शेयरहोल्डरहरूको नाममा रजिष्टर हुन सक्ने
एक वा एकभन्दा बढी व्यक्तिहरू वा कुनै लिमिटेड कम्पनी वा अरू संगठित संस्थाको नाममा शेयरहरू रजिष्टर हुन सकिनेछ ।
तर कुनै एक शेयर ४ जनाभन्दा बढी व्यक्तिका नाममा संयुक्त शेयरहोल्डरहरूको रूपमा रजिष्टर गरिने छैन । त्यस्तो संयुक्त शेयरलाई एक शेयर मानिनेछ ।